इजरायली प्रधानमन्त्री र टर्कीस् राष्ट्रपतिबीच फोनवार्ता

एजेन्सी

सोमबार, २७ असार २०७९, १४ : ४४
इजरायली प्रधानमन्त्री र टर्कीस् राष्ट्रपतिबीच फोनवार्ता

जेरुसेलम । इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले इजरायल र टर्कीका बीचको सम्बन्ध यस क्षेत्रको क्षेत्रीय शान्ति, आर्थिक विकास तथा स्थायित्वका लागि महत्वपूर्ण रहेको धारणा राखेकाे समाचारमा जनाइएको छ ।

यी दुई देशले पछिल्लो पटक हवाई उड्यनका क्षेत्रमा पनि नयाँ सहमति गरेका थिए । उक्त सहमतिले पनि दुई देशका बीचको सम्बन्ध सुदृढीकरणमा ठूलो सहयोग पु-याउने उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

लापिद यही जुलाई १ तारिखमा इजरायलको कामचलाउ प्रधानमन्त्री नियुक्त भएका हुन् । लापिदलाई टर्कीस् राष्ट्रपति एर्दाेगानले बधाई ज्ञापन गरेका थिए । त्यस अवसरमा टर्कीस् राष्ट्रपति एर्दाेगानले लापिदको कार्यकालमा यी दुई देशबीचको आपसी सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए । -सिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस