काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् ।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै उनले पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् ।
‘यस्तो संवेदनशील मुद्दामा अल्पमतमा परेको प्रावधान लागू गर्ने गरी अघि बढ्न खोज्नु न्यूनतम लोकतान्त्रिक मान्यताको विरुद्ध हुन्छ, छलफल गरौँ र सकारात्मक समाधान निकालौँ ।’श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ११ : ०६
लेखकबाट थप