कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १० : ४२
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडाैँ । कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।घोराही तुलसीपुर सडकखण्डअन्तर्गत घोराही-१० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका करिब २४ वर्षका देवराज चौधरी मृत्यु भएको हो।

चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरैको बा ०१-२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको हो।कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

चौधरीको शव प्रतिष्ठानको शवगृहमा राखिएको छ। ठक्कर दिने कार र चालक सौगात वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस