चिनियाँ विदेश विभाग प्रमुख लिउ सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमण

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १० : १८
चिनियाँ विदेश विभाग प्रमुख लिउ  सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमण

काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बिपी संग्रहालयको भ्रमणमा छन्।चार दिने भ्रमणका क्रममा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्नेछन्।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबारमात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन्। आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस