जापानका पूर्व प्रधानमन्त्री आबेको शव राजधानी टोकियो लगियो

एजेन्सी

शनिबार, २५ असार २०७९, १० : ३३
जापानका पूर्व प्रधानमन्त्री आबेको शव राजधानी टोकियो लगियो

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव राजधानी टोकियो लगिएको छ । मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक घटना विरलै हुने गरेको छ ।

यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् । शिन्जो आबेलाई शुक्रबार गोली प्रहार हुँदा उनले सोही चुनावको प्रचारप्रसारका लागि जनतालाई सम्बोधन गरिरहेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिले घरेलु बन्दुक प्रयोग गरी आबेको हत्या गरेको जिम्मेवारी लिएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त व्यक्तिले सुरुमा धार्मिक समूहका नेतालाई लक्षित गर्ने योजना बनाएका थिए । पक्राउ परेका व्यक्तिको घरबाट धेरै हातले बनाएको बन्दुक बाहेक विस्फोटक पदार्थ पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस