अमरनाथमा भीषण वर्षाले १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी

शनिबार, २५ असार २०७९, ०८ : ०६
अमरनाथमा भीषण वर्षाले १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै भीषण खण्डवृष्टि हुँदा १५ जनाको मृत्यु भएको छ । यसैगरी वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । 

उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र भीषण वर्षा सुरु भएको थियो ।  

यसैबीच वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस