एजेन्सी । अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौता उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ।
विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।
ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।
उल्लंघन वापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ असार २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क
एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयर धनीहरूद्वारा रेकर्ड तलब योजना पारित
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा