पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी

एजेन्सी

विहीबार, २३ असार २०७९, १३ : ३९
पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ।प्राप्त समाचारअनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई हिजाेवार्ता गरेका हुन्।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरूका साथै अन्य विषयमा पनि कुराकानी भएको थियो।

दुई देशका बीचमा विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भन्दै फोनवार्ताका क्रममा पाकिस्तानी विदेशमन्त्रीले आगामी दिनमा दुई देशका बीचमा उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा व्यापारिक साझेदारीका साथै लगानीका विभिन्न आयोजनाहरूका बारेमा पनि कुराकानी भएको बताइएको छ। समाचारमा जनाइएअनुसार पाकिस्तान विदेशमन्त्री जर्दारीले पाकिस्तानमा रहेको ठूलो बजारमा अमेरिकाले लगानी गरोस् भनी आग्रह पनि गरेकाे सो विज्ञप्तिमा जनाइएको छ।

उनीहरूका बीचमा जलवायु परिवर्तन, स्वास्थ्य, सुरक्षा आदि विषयमा समय समयमा आपसमा छलफल हुनुपर्नेमा जोड दिइएको थियो।पाकिस्तानमा लगानी बढाउन सो अवसरमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई आग्रह पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस