काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार (आज) पनि बस्ने भएको छ। दिउँसो २ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाल सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् भने खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा ९कोइराला०ले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?
सोवितालाई सुनिताको जवाफ-‘तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौँ’
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
सुशासनका लागि ट्रेड युनियन सबैभन्दा ठूलो बाधक हो” : अमरेशकुमार सिंह
प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने