काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् ।
उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन