काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य ठप्प भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हजारौँ यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको बहानामा काम रोकिनु अत्यन्तै चिन्ताजनक विषय भएको उनको ठहर छ । अध्यक्ष घिसिङले आफूले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता लिएको स्मरण समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, २२ : ३४
लेखकबाट थप