'श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका' : प्रदिप पौडेल

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १० : ३९
'श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका' : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु श्रमिक नेता  भएको स्मरण गरे । 

उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताए । आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उनको भनाइ छ । 

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताए । 

प्रतिक्रिया दिनुहोस