फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, कतिमा पुग्यो लिटरमा ?

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, ०७ : ५६
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, कतिमा पुग्यो लिटरमा ?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ , हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले हवाई इन्धनको मूल्य १९० रूपैयाँ  कायम गरेको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।

एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।