काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुनेछैन । असार २९ र ३० गते हामीले सबैलाई आह्वान गरेर विस्तारित बैठक बोलाउन लागेको छौं ।’
जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णयमा गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई