काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुनेछैन । असार २९ र ३० गते हामीले सबैलाई आह्वान गरेर विस्तारित बैठक बोलाउन लागेको छौं ।’
जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णयमा गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव