नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरे

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १४ : ३०
नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरे

काठमाडौं । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ।आइतबार जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको कार्यालयअगाडि भेला भएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।तीन दिनमा राहदानी दिन्छु भनेर एक महिना लगाएकोले अव त्यसो नगर्न युवा संघले विभागलाई खबरदारी गरेको छ।

राहदानी विभाग दलालको चंगुलमा फसेको भन्दै यसबाट उत्रिएर नागरिकको काम समयमै गरिदिन युवा संघले चेतावनी दिएको छ।हरेक दिन राहदानी विभागले चार पाँच सय युवामाथि अपराध गरेको आरोप उनीहरुले लगाएका थिए। ध्यानाकर्षण पत्र बुझाउनुको साथै विभागमा घराउ पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस