लगनगाँठो कस्दै सदिच्छा

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : ५१
लगनगाँठो कस्दै सदिच्छा

काठमाडौं । सन् २०१० की मिस नेपाल सदिच्छा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबिच मंगलबार विवाह हुने भएको छ । लामो समयको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।नेवारी परम्परा अनुसार दुवैले लगनगाँठो कस्न लागेका हुन् ।

उनीहरू विवाहमा आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका छन् । मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ ।नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौँमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदिच्छाले एक वर्षदेखि डेट गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस