लागूऔषधसहित पाँच जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : ४७
लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । कैलाली र पर्सामा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।कैलालीको लम्कीचुहा नगरपालिका-५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन्। उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस