लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : ३३
लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी

काठमाडौँ  । युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ ।

रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा परेड गरिरहेको विभिन्न भिडियोहरू प्रसारण गरिरहेको छ । सहरको क्षतिग्रस्त प्रशासनिक विभागमा सोभियत झन्डा फरफराइरहेको भिडियो विभिन्न रुसी स्रोतहरूले ट्विट गरेका छन् । यस भिडियोको पुष्टि भने हुन बाँकी नै छ ।
रुसी सेना लाइसान्स्क सहरतर्फ बढ्दै गए आक्रमण जारी भए पनि सो सहर नछाडेको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैडाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।लाइसान्स्क नियन्त्रणमा आइसकेको तर हाल स्वतन्त्र नभएको लुहान्स्क जन गणतन्त्रमा रुसका राजदूत रोडियन मिरोश्रिकले एक टेलिभिजन अन्तर्वार्तामा जानकारी गराए ।

सन् २०२२, २४ फेब्रुअरीमा रुसले नाटो निकट हुँदै गएको युक्रेनलाई अतिक्रमण गरेपश्चात्, हजारौँ सर्वसाधारणलगायत लडाकुहरू घाइते भएको, ज्यान गुमाएको र १ करोड २० लाख मानिस पलायन भइसकेका छन्

प्रतिक्रिया दिनुहोस