बुमराहका लागि यो नो–बल भाग्यशाली सावित

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : ३०
बुमराहका लागि यो नो–बल भाग्यशाली सावित

काठमाडौं ।  क्रिकेटमा नो–बललाई सामान्यतया बलरको गल्ती मानिन्छ। किनभने यसले ब्याटिङ गरिरहेको टोलीलाई मात्र फाइदा गर्छ। तर, शनिबार जसप्रित बुमराहका लागि यो नो–बल भाग्यशाली सावित भयो। उनले बर्मिंघम टेस्टमा नो–बलमा बोनसको रूपमा दुई विकेट पाए।

सामान्यतया एक ब्याट्सम्यान नो–बलमा रन आउट हुन सक्छन्। तर, शनिबार भारत–इंग्ल्यान्ड टेस्टमा नो–बलका कारण फास्ट बलर बुमराहले दुई विकेट लिए। जसमा उनी आफैंलाई पत्यार लाग्दैन।

बर्मिङ्घममा जारी खेलको दोस्रो दिन भारतले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो। स्टम्पसम्म भारतले इंग्ल्यान्डको पाँच विकेट लिएको छ। जसमा बुमराहले तीन विकेट लिएका छन्। यीमध्ये दुई विकेट नो–बलका कारण उनले हात पारेका हुन्। ओभरको छैटौं बल नो–बल भयो। जसका कारण उनले थप एक बल फ्याँक्नुपरेको थियो।

राम्रो ब्याटिङ गरिरहेका ओलि पोपलाई ११औं ओभरको अन्तिम बलमा बुमराहले आउट गरेका थिए। उनले ओभरको अन्तिम बल नो–बल गरे। त्यसपछि उनले फेरि बलिङ गर्नुपर्‍यो। 

नो–बलका कारण दुई पटक विकेट लिएपछि बुमराहले पत्याउन सकेनन्। उनको बल अफ स्टम्प बाहिर थियो र पोपले ड्राइभ गर्ने प्रयास गरे। तर, बल ब्याटको बाहिरी छेउमा लगेर स्लिपमा श्रेयस अय्यरको हातमा पुग्यो।

बुमराहले दोस्रो दिन इंग्लिस टोलीको शीर्ष क्रमलाई ध्वस्त पारेका थिए। यसअघि उनले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले भारतीय टोलीका लागि ३१ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस