न्यूजिल्यान्ड टोलीका कप्तान मिचेल सान्टनरलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १३ : २७
न्यूजिल्यान्ड टोलीका कप्तान मिचेल सान्टनरलाई कोरोना संक्रमण

काठमाडौँ  । आयरल्यान्ड भ्रमणअघि न्यूजिल्यान्ड टोलीका कप्तान मिचेल सान्टनरलाई कोरोना संक्रमण भएको छ। नियमित कप्तान केन विलियम्सनको अनुपस्थितिमा अनुभवी स्पिनर अलराउन्डर मिचेललाई टी–२० टोलीको कप्तान नियुक्त गरिएको थियो। 

मिचेल कोरोना संक्रमित भएपछि न्यूजिल्यान्डको टोलीको कमान्ड टम लाथमलाई मिल्न सक्छ। लाथम टी–२० टोलीमा नरहे पनि उनलाई मौका दिन सकिन्छ।न्यूजिल्यान्डको टोली आइतबार एकदिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्ड जाने कार्यक्रम थियो। तर, मिचेलमा कोरोना संक्रमण देखिएपछि न्यूजिल्यान्डको टोली ढिलो गरेर आयरल्यान्ड प्रस्थान गरेको थियो।

प्रतिक्रिया दिनुहोस