चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १२ : २८
चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

काठमाडौं ।  बेइजिङ-चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ।आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ। यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो।दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस