माओवादी केन्द्रीय कमिटी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १२ : २५
माओवादी केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिती बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो। बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने  पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। 

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। महाधिवेशन सम्पन्न भएको महिनौँ हुँदा समेत पदाधिकारी चयन गर्न नसकेपछि प्रचण्डको चर्को आलोचना भइरहेको छ। पार्टी पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छान्न मुस्किल परेको छ। 

प्रतिक्रिया दिनुहोस