‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १२ : १३
‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन

काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन गरिएको छ।पत्रिकाको पहिलो अंकको शनिबार काठमाडौँको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुराँमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो।

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौँ जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापति लगायले सो पत्रिकाको विमोचन गरेका हुन्।

कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल रहेका छन्। ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ।पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको छ।

प्रतिक्रिया दिनुहोस