प्रज्ञा भवन पुगे प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ५२
प्रज्ञा भवन पुगे प्रचण्ड

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  कमलादीस्थित प्रज्ञा भवनमा पुगेका छन्। बिहान ११ बजेदेखि बोलाइएको बैठकको लागि प्रज्ञा भवनमा पुगेका हुन्। बैठकमा सहभागी हुने नेताहरु आउने क्रम जारी छ। 

अहिले नेताहरू आउनेक्रम जारी रहेकाले बैठक केही बेरपछि सुरु हुने बताइएको छ। बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने  पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। 

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। 

प्रतिक्रिया दिनुहोस