डुबेर दुई भारतीय बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ३९
डुबेर दुई भारतीय बेपत्ता

रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ।चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो। अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिए। 

भारतबाट  घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए। उनको अवस्था सामान्य रहेको छ।इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा जुटेको छ। 

प्रतिक्रिया दिनुहोस