आरोही जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १० : ४०
आरोही जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने

काठमाडौं । आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् ।  नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् । 

उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गरे ।  जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताएका छन् ।  

सो अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताए ।  दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शुभकामना पनि नेपालले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस