आयातमुखी अर्थतन्त्र बढ्दै गए थप संकट निम्तिने डा. श्रेष्ठको चेतावनी

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, २० : ०६
आयातमुखी अर्थतन्त्र बढ्दै गए थप संकट निम्तिने डा. श्रेष्ठको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिने बताएका छन ।

शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै डा।श्रेष्ठले यस्तो बताएका हुन ।

प्रमुख श्रेष्ठले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताए । नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी सन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भरपर्नुपर्ने अवस्था बढेको बताए।

डा श्रेष्ठले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताउनुभयो । पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको उनले बताए ।

पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको भन्दै उनले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताए ।

नेपालबाट विद्युत् निर्यात हुन थालेको तथा नेपाली सिमेन्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुनसक्ने आँकलन गरिएको उनको भनाइ छ । उनले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस