ज्याक्लिनसँग नेपाली मोडेल अञ्जली

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १७ : ०६
ज्याक्लिनसँग नेपाली मोडेल अञ्जली

काठमाडाैँ। नेपाली मोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’ मा अभिनय गरेकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको सुटिङ सेटबाट प्राप्त तस्वीरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । 

तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । एक्सन, कमेडी र ड्रामा जनरामा बनिरहेको फिल्मले क्यामेरा अघि देखापर्ने र त्यसपछि रहेर काम गर्ने महिलाहरूको कथा भन्छ ।फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाइड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकार समावेश छन् । ज्याकलिनसँग स्क्रिन सेयर गर्न पाएकोमा अञ्जलीले खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस