काठमाडाैँ। सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ। राज्यसरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमाथि प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेस गर्नुपर्ने कानून पारित गरेको छ।
न्यूयोर्कका डेमोक्र्याट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन्। सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ।
गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकष्मिक बैठकले उक्त कानुन अनुमोदन गरेको हअमेरिकी संविधानले हरेक नागरिकलाई आत्मरक्षाको लागि सार्वजनिक बन्दुक बोक्ने अधिकार प्रत्याभूत गरेको छ।
सन् १९११ मा न्यूयोर्क राज्यसरकारले आत्मरक्षका निम्ति बन्दुक राख्न पाउने संवैधानिक प्रावधानलाई अनुमोदन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १६ : ५२
लेखकबाट थप