प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गरेका छन्।अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताएका हुन्।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन्? भनी सरकारलाई प्रश्नसमेत गरे।
सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने स्पष्ट पारे।अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि पटकपटक दोहोर्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १६ : ४५
लेखकबाट थप