इरान । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ असार २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान