इरान । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ असार २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए