मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ११ : ३९
मेलम्ची-हेलम्बु सडक अवरुद्ध

काठमाडाैँ। मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ।मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो।बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्।

बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ।अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस