गौतम चयन विवेकशील साझाको युवा संगठनको संयोजकमा

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ११ : २४
गौतम चयन विवेकशील साझाको युवा संगठनको संयोजकमा

काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठनको संयोजकमा सरोज गौतम चयन भएका छन् ।यसअघिका संयोजक अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने भएपछि संगठनको सचिवालय बैठकले सरोजलाई संयोजकमा चयन गरेको हो । सरोज यसअघि महासचिव थिए  ।

यही असार १६ र १७ गते अनलाइन माध्यमबाट बसेको बैठकले संगठनको आगामी महाधिवेशन र आसन्न चुनावसम्म संगठन नेतृत्वविहीन रहन नसक्ने भएकाले सरोजलाई संयोजक चयन गर्ने निर्णय गरेको हो ।

मोदी गाउँपालिका पर्वत घर भएका २८ वर्षीय गौतम इलेक्ट्रोनिक्स इन्जिनियर हुन्। पोखरा विश्वविद्यालयबाट एमबीएसमेत गरेका उनी आईटी कम्पनीका व्यवस्थापक छन् ।पार्टीको केन्द्रीय समिति सदस्यसमेत रहेका उनी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेजको विपक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस