एजेन्सी । युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको मिसाइल आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। युक्रेनका अधिकारीहरुका अनुसार रुसी मिसाइलमा परी ज्यान गुमाउनेमा एक बालक पनि रहेका छन्।
शेर्हियिभ्का गाउँस्थित नौ तलाको भवनलाई लक्षित गरी एउटा आक्रमण गरिएको थियो। सो आक्रमणमा परी १६ जनाको मृत्यु भएको थियो। त्यस्तै सोही गाउँको एक रिसोर्टमा भएको आक्रमणमा परी एक बालकसहित पाँचजनाको मृत्यु भएको छ।
पछिल्लो केही दिनयता रुसले युक्रेनमाथि दर्जनभन्दा धेरै मिसाइल प्रहार गरिसकेको छ। शुक्रबार रुसका प्रवक्ता दिमित्री पेशकोभले युक्रेनमा आम नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरिएको दाबी गरेका छन्।
उक्त गाउँका स्थानीयले भने यो स्थान शान्त रहेकाले यस किसिमको आक्रमणको अपेक्षा पनि नरहेको बताएका छन्। गत फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका