भदौ १३ गतेबाट महिला साफ च्याम्पियनसिपको आयोजना गर्न प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, २१ : ०७
भदौ १३ गतेबाट महिला साफ च्याम्पियनसिपको आयोजना गर्न प्रस्ताव

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा नेपालले काठमाडौंमा भदौ १३ गतेबाट महिला साफ च्याम्पियनसिपको आयोजना गर्न प्रस्ताव गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)काअनुसार महासचिव किरण राईले बंगलादेशको ढाकामा साफका महासचिव अनवारुल हक हेलललाई भटेर भदौ १३ गतेबाट २५ गतेसम्म महिला साफ च्याम्म्पियनसिप गर्नका लागि प्रस्ताव गरेका हुन् ।नेपालबाट महासचिव राईको नेतृत्वमा केन्द्रिय सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दरनरसिंह जोशी बंगलादेश गएका छन् । 

नेपालको प्रस्तावमा साफका महासचिव हेलल सकरात्मक भएको एन्फाले जनाएको छ । तथापी साफ कांग्रेसमा यो प्रस्ताव शनिबार टेबल गरिने जनाइएको छ ।

दुई पक्षबीच फुटबल विकासका अन्य विषयमा पनि छलफल भएको एन्फाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस