पर्यटन बोर्डका शाह र शेर्पा पुनर्बहाली

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १७ : ३२
पर्यटन बोर्डका शाह र शेर्पा पुनर्बहाली

काठमाडाैँ  ।  पर्यटन बोर्डका सदस्यद्वय कृष्ण शाह र ङावा ङिमा शेर्पा पुनर्बहाली भएका छन्। सर्वोच्च अदालतले बोर्डका सदस्यद्वय शाह र शेर्पालाई हटाउने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएसँगै उनीहरू पुनर्बहाली भएका हुन्।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा शुक्रबार भएको सुनुवाइमा निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो।पर्यटनमन्त्री प्रेम आलेले सरकारबाट बाहिरिँदै गर्दा निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गरेका दुई सदस्यलाई हटाएका थिए। कार्यकाल बाँकी छँदै आफूहरूलाई हटाउने निर्णय कानुनविपरीत भएको भन्दै शाह र शेर्पा सर्वोच्च अदालत पुगेका थिए। 

सर्वोच्चले उनीहरूको बर्खास्ती सम्बन्धमा कारण देखाऊ आदेश समेत जारी गरेको अदालत प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस