३० शेफको छनोटमा नेपाली युवा सेफ राहुल श्रेष्ठ पनि छानिन सफल भए

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १७ : २६
३० शेफको  छनोटमा नेपाली युवा सेफ राहुल श्रेष्ठ पनि छानिन सफल भए

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् ।

क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्ने गरेको छ ।
क्याटरर मिडल इष्टले यस वर्ष  शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ  परेका हुन् ।उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् ।
उनले ब्यागेटेलको परम्परा, स्वाद र इतिहासलाई पनि सम्मान गर्दै नयाँ प्रचलनहरू सहित सन्तुलित मेनु बनाउन मद्दत गर्दछन् ।राहुलको नयाँ र मिठामिठा  परिकारको स्वाद खानेजति सबैलाई मनपर्ने गरेको छ । 

क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस