सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १६ : ५८
सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते

काठमाडाैँ  ।  इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम–नेपालटार सडक खण्डमा दुर्घटना भएको हो।

अनियन्त्रित भई सवारी राजमार्गबाट अन्दाजी ३ सय मिटर तल पुवाखोला नजिकै झरेको प्रत्यक्षदर्शी निरज दाहालले बताए।घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ। अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाम खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस