स्टार्टअप वर्ल्डकप नेपाल असार २२ गते हुने

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १६ : ४६
स्टार्टअप वर्ल्डकप नेपाल असार २२ गते हुने

काठमाडाैँ  । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ। विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलोपटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ। गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन गरिएको थियो। प्रतिस्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन्।

फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना क्यालीफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन्। अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्ड रेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो। विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ। नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत् वर्ल्डकप नेपालमा भित्र्याएको हो।

स्टार्टअप वर्ल्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सीईओ क्लब ग्लोबलले टाइटल स्पोन्सर गरेको छ भने एन आईसी एसिया बैंकले इन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ। 

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर ९१३ करोड नेपाली रुपैयाँ बराबर लगानी पुरस्कार पाउने स्टार्टअप वर्ल्डकपले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस