काठमाडौं। क्याटरर मिडल इस्टको ३० जना उत्कृष्ट फुड एण्ड वेभरेज प्रोफेसनलमा नेपालका राहुल बाबु श्रेष्ठ पर्न सफल भएका छन्। विभीन्न मुलुकमा क्याटरिङ सेवा अन्तर्गत फुड एण्ड वेभरेज सेवामा कार्यरत प्रतिभाशाली र मेहनती सेफमध्ये राहुलले यो उपाधी पाएका हुन्।
क्याटरर मिडल इस्टले आयोजना गरेको ३० वर्ष मुनिका ३० जना उत्कृष्ट एफ एण्ड बीको नतिजा सार्वजनिक गरेको हो।श्रेष्ठमा कामका सिलसिलामा अनुसन्धान र प्रयोग गर्न नडराउने विशेषता रहेको वागाटेल्लेले जनाएको छ। क्याटरिङमा क्लासिक र नयाँ शैलीको सन्तुलित मेनु तयारीमा उनले विशेष भुमिका निर्वाह गर्दै आएको जनाइएको छ।
ुरोचक स्वाद तयार पार्नका लागि उहाँको कल्पनाशक्ति निकै प्रसंशनीय छ। उहाँको यो नियमीत कार्यशैलीले हामीसँग जोडिएका नयाँ जनशक्तिलाई प्रेरणा लिने अवसर प्राप्त हुँदै आएको छ। ग्रुप एक्जिक्युटीभ सेफ टिमोथी नुटनले भनेका छन्।
२८ वर्षिय श्रेष्ठले दुबइस्थित संचालित अमेरिकी लक्जरी रेष्टुरेण्ट वागाटेल्लेमा सुसेफको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी मनकामना केबुलकार प्रा लीका संचालक राजेश बाबु श्रेष्ठका छोरा हुन्।
क्याटरिङ सेवामा आवद्ध जनशक्ति र गतिविधीबारे समाचार प्रकाशन गर्दै आएको क्याटरर मिडल इस्ट मध्य पूर्वीय क्षेत्रकै ठूलो संचार गृह हो। सन् २००५ बाट प्रकाशन सुरु गरेको यो संचार गृहले क्याटरिङ सेवा सँग जोडीएका उद्योग र त्यहाँ आवद्ध उत्कृष्ट व्यक्तिको बारेमा जानकारीमुलक सामाग्री प्रकाशन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १६ : १५
लेखकबाट थप