घाइतेको हेलिकप्टरमार्फत उद्धार

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १६ : ०१
घाइतेको हेलिकप्टरमार्फत उद्धार

काठमाडाैँ  । करेन्ट लागेर घाइते भएका एक कामदारको बैतडीबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिनेमा काठमाडौं टोखा नगरपालिकाका-४०  वर्षीय सुमनविक्रम शाह रहेका छन्। उनलाई आज दिउँसो १ बजे बैतडीको खोडपेबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका शाहलाई बझाङबाट स्कोर्पियोमार्फत खोडपे पुर्‍याइएको थियो।

नेपाल टेलिकमको समन्वयमा गम्भीर घाइते भएका शाहलाई माउन्टेन हेलीको हेलिकप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस