​क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १५ : २२
​क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

काठमाडाैँ  । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।

ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ।

त्यहाँबाटै नेपाल स्कटल्याण्डमा हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रस्थान गर्नेछ। नेपालले स्कटल्याण्डमा लिग टु अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। जहाँ रोहित पौडेल‚ कुशल भूर्तेल‚ आरिफ शेख‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ आरिफ शेख‚ करण केसी‚ सोमपाल कामी‚ आदिल अन्सारी‚ बसिर अहमद‚ किशोर महतो‚ पवन सर्राफ‚ विनोद भण्डारी टिमको सदस्यका रूपमा रहेका छन्।

नेपालको खेल तालिका

असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो 
असार २० (जुलाई ४) : नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसीय खेल
असार २१ (जुलाई ५) : नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसीय खेल

प्रतिक्रिया दिनुहोस