बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १४ : ५०
बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

काठमाडाैँ  । पर्सा प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार कसुरदार पक्राउ गरेको छ।

प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका कसुरदार वीरगञ्ज महानगरपालिका-१ घर भई हाल चितवन भरतपुर महानगरपालिका-४ गढीमाई सप्लायर्सका संचालक दशरथ ठाकुर हजामलाई पक्राउ गरेको हो।४५ लाखको उधारो कारोबार गरी फरार रहेक‍ा उनलाई उच्च अदालत पाटन हेटौँडा इजलासबाट १२ लाख २६ हजार जरिवाना र ७ दिनको कैद तोकेको थियो।

फरार रहँदै आएका हजामलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१ छपकैयाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस