८ महिने शिशु मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १३ : ४३
८ महिने शिशु मृत फेला

काठमाडाैँ  । सर्लाहीको लालबन्दी नगरपालिकामा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन्।

उनकी आमा भने बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी विजय यादवले थाहा खबरलाई जानकारी दिए। लालबन्दी-१७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा आज बिहान ईश्वरपुर नगरपालिका-५ नरेशपुरकी अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टि अचेत अवस्थामा भेटिएका हुन्।

दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगिएकोमा चिकित्सकले बच्चाको पहिला नै मृत्यु भइसकेको बताएको डिएसपी यादवले बताए। बेहोस अवस्थामा रहेकी आमालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। डिएसपी यादवका अनुसार घटनास्थलमा राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस