किसानको तालाबन्दी

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १२ : ३७
किसानको तालाबन्दी

काठमाडाैँ  । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका हुन्। उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन्।

प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो। कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन्। तर, अहिलेसम्म रकम भुक्तानी नगरेपछि आन्दोलनमा उत्रिनुपरेको किसान शेषनारायण यादवले  बताए।

उनीहरू पाँच वटा माग राखेर आन्दोलनमा उत्रिएका छन्। शीतभण्डारको रकम अविलम्ब भुक्तानी गर्न, किसानलाई समयमै पर्याप्त मलखाद, बीउबिजन उपलब्ध गराउन, प्रदेशको कृषि मन्त्रालय अन्तर्गत सञ्चालन हुने अनुदान, सेवासुविधा र विभिन्न योजनामा एकरूपता कायम गरी किसानको हकहित सुनिश्चित गर्न, शीतभण्डारको बाँकी कार्य अघि बढाउन माग गरेका छन्। त्यस्तै, कृषि उपजमा प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिमा सहयोग उपलब्ध गराउन माग गरेका छन्।

पटक पटक भुक्तानीका लागि निवेदन दिंदा पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिने परेको यादवले बताए। तीन वर्षसम्म मन्त्रालयले भुक्तानि नदिंदा अप्ठ्यारो भएको उनको भनाइ छ।शीतभण्डारको काममा अनियमितता भएको भन्दै समाचार प्रकाशित भएपछि मन्त्रालयले रकम रोकेको थियो। मन्त्रालयले रकम दिन आनाकानी गरेपछि किसान अदालत पुगेका थिए।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ। कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले रकम दिने विषय प्रक्रियामा रहेको बताइन्। पुरोना रकम भएकाले कानून मन्त्रालयसँग राय मागिएको उनको भनाइ छ।
 

प्रतिक्रिया दिनुहोस