काठमाडाैँ । सर्वोच्च अदालतकाे कायममुकायम मुख्य रजिस्ट्रारको जिम्मेवारी नारायण पन्थीले पाएका छन्।
लालबहादुर कुँवर असोज ९ गतेसम्म बिदामा बसेपछि पन्थीलाई कामुको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले दिएका हुन्।सर्वोच्चको भवन निर्माणमा भ्रष्टाचार भएको उजुरीपछि कार्कीले छानबिन अघि बढाएका छन्।
कार्कीसँग तिक्त सम्बन्धमा रहेका कुँवरले छानबिनका लागि सहज होस् भनेर झन्डै दुई महिना बिदा बस्न लागेको सर्वोच्च सोर्तले जानकारी दियो।कुँवरलाई कार्कीले उच्च अदालतको न्यायाधीश सिफारिस गरे पनि उनी गएका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १२ : ३३
लेखकबाट थप