एनआरटीको फराकिलो हार

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, ११ : ५५
एनआरटीको फराकिलो हार

काठमाडाैँ  । टुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको लागि मलेसियामा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन टिम न्युरोड टिम (एनआरटी) ले पहिलो खेलमा इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको छ ।

बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा दोस्रो डिभिजनको कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।

पहिलो हाफमै चार गोल बेहोरेको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।एनआरटीले अब २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एनआरटी ‘ए’ डिभिजन लिगको तयारीका लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस