नाडाल तेस्रो चरणमा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, ११ : ५१
नाडाल तेस्रो चरणमा प्रवेश

काठमाडाैँ  । लिथुनियाका रिकार्डस बेरान्किसलाई ३-१ को सेटमा हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार राति सेन्टर कोर्टमा दोस्रो वरीयताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६, ६-३ को जित निकाले ।३६ वर्षीय नाडालको यो ३०७ औं ग्रान्डस्लाम खेलको जित हो । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस