काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् ।
संसद दिवसका अवसरमा भएका कार्यक्रममा उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताए । ‘कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति खनालको भनाइ लक्षित थियो ।खनालले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानुन बनाउन नपाएको बताए ।
नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको बताए ।उनले पूर्व प्रशासकहरुले ठीकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको बताए ।
२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भए पनि माछा माछा भ्यागुतो भएको टिप्पणी उनले गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल