लुकाकु इन्टरमिलानमा अनुबन्धित

एजेन्सी

विहीबार, १६ असार २०७९, ०८ : १०
लुकाकु इन्टरमिलानमा अनुबन्धित

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

इन्टरले बुधबार राति २९ वर्षीय लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए ।

लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस